Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले कमायो ९ महिनामा १७ करोड नाफा

मंगलबार, १२ बैशाख २०७४, १६ : २० मा प्रकाशित

सिद्धार्थ बैंकले कमायो ९ महिनामा १७ करोड नाफा

अर्थ संसार 
काठमाडौं–चालु आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकको नाफा झण्डै १७ करोड रुपैयाँ बढेको छ ।  चालु आवको चैतसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ७८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आज सार्वजनिक गरेकोे चालु आवको तेस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको छ ।

समीक्षा अवधिमा बैंकले ७४ अर्ब ७० करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५३ अर्ब ३५ करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । एक वर्षमा बैंकको निक्षेप झण्डै २२ अर्ब रुपैयाँ बढेको छ । 

यस्तै कर्जा लगानी पनि २३ अर्ब रुपैयाँ बढेर ६६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ४४ अर्ब ६६ करोड रुपैयाँ थियो । 

चैतसम्म बैंकको खराव कर्जा अनुपात १.७१, लागत ४.८०, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५, कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) ३.७९ प्रतिशत रहेको बैकले जनाएको छ । यस्तै प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा छ । समीक्षा अवधिमा आइपुग्दा बैंकको तरलताको अवस्थामा सुधार आएको देखिएको छ । 

 बैंकको चुक्तापुँजी ५ अर्ब २४ करोड रुपैयाँ छ । आउदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । बैंकको स्वामित्वमा सिद्धार्थ क्यापिटल सञ्चालनमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको