Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरीका लगानीकर्ता, किन्ने र बेच्ने दुबै मालामाल

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०९ : ३० मा प्रकाशित

हिमालयन डिस्टिलरीका लगानीकर्ता, किन्ने र बेच्ने दुबै मालामाल

अर्थ संसार,काठमांडौ– हिमालयन डिस्टिलरी को सेयर किन्ने र बेच्ने दुबै मालामाल भएका छन् ।  हिजो (बिहिवार) हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडले बोनस शेयर र नगद लाभांश घोषणा गरेको छ ।                                                                                                                      
पुष २ गते बसेको संचालक समितिको बैठकले २०७६/७७ को मुनाफा र संचित मुनाफा बाट कम्पनीका सेयरधनीहरु लाई चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत (लाभांश कर प्रयोजनार्थ समेत) नगद लाभांस वितरण गर्न सिफारिस गरेको छ ।                                   
अहिले सम्म लाभांश घोषणा गर्ने कम्पनीहरु मध्यमा यो नै सार्बाधिक घोषित बोनस सेयर र नगद लाभांश  हो ।                                                                                                                   
आज भन्दा तिन महिना पहिले सम्म यो कम्पनीको सेयर मूल्य जम्मा १ हजार ८ सय रुपैया मात्र थियो तर हिजो सम्मको कारबारमा अहिले यसको मूल्य ४ हजार ४ सय पुगिसकेको छ । 

असोज १ गते १ हजार ८ सयमा कारोबार भएको यो कम्पनीको शेयर मूल्य ९० दिनमा २ हजार ५ सय ६७ रुपैयाले बृद्धि भएको हो । तिन महिनामा यो कम्पनीको शेयर मूल्य १ सय ४० प्रतिशतले बृद्धि भएको छ ।                                                                                                           
तिन महिना अगाडी सेयर किनेर हिजो बेच्नेहरुले यो नब्बे दिनमा आफ्नो लगाानीको १ सय ४० प्रतिशत मुनाफा बुक गर्न सफल भएका छन् भने सेयर खरिद गर्नेहरुले खरिद गरेको शेयरको ५० प्रतिशत शेयर बोनस का रुपमा प्राप्त गर्ने छन् भने ५० प्रतिशत नै नगद लाभांश प्राप्त गर्ने छन् ।   

उदाहरणका लागि हिजो १ सय कित्ता शेयर खरिद गर्नेहरुले अब बोनस शेयर बापत थप ५० कित्ता सेयर प्राप्त गर्ने छन् भने नगद लाभांश बापत प्रतिकित्ता ५० रुपैयाका दरले ५ हजार रुपैया प्राप्त गर्ने छन् तर यो ५ हजार रुपैयामा भने सरकारी नियम अनुसार कर कट्टा हुने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको