Like us!
Follow us!
Connect us!
Watch us!

यी तीन बैंकले कमाए अर्ब बढी नाफा

बुधबार, १३ बैशाख २०७४, १० : २८ मा प्रकाशित

यी तीन बैंकले कमाए अर्ब बढी नाफा

अर्थ संसार 
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ३ वटा बैंकले रु एक अर्ब बढी नाफा गरेका छन् । कुन बैंकले कति बढी नाफा कमाउने भन्ने प्रतिस्पर्धामा अगाडि रहेका ठूला बैंकले नाफाको मात्रा बढाएका हुन् ।

पछिल्लो पटक बैंक आफैले सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैकले १ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् ।

हालसम्म सात बैंकले चालु आवको नौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आवको ९ महिनामा एभरेष्टले १ अर्ब ५२ करोड ५८ लाख, एनएमबीले १ अर्ब १४ करोड ३५ लाख र एनआईसी एसियाले १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ नाफा गरेको उनीहरुले नै सार्वजनिक गरेको विवरणबाट थाहा भएको छ ।

बैंकहरुको पुँजीगत आधार बढ्दै गएपछि निक्षेप परिचालन र कर्जा लगानीमा भएको विस्तारले नाफा बढेको हो । १ अर्ब बढी नाफा गर्ने बैंकको निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

तर त्यो दौडमा सानिमा बैंकको नाफा भने रु ९४ करोड ६९ लाख मात्रै रहेको छ । यस्तै सिटिजन्स बैंकको रु ८८ करोड २८ लाख  र सिद्धार्थ बैंकले ९५ करोड  ७० लाख नाफा कमाएको छ । यी बैंकले पनि आगामी असार मसान्तसम्म रु एक अर्ब बढी नाफा गर्ने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको