Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो २ कम्पनीको सेयर लिलामीमा

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०९ : ४८ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो २ कम्पनीको सेयर लिलामीमा

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (पाैष ५ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।  बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख १४ हजार ३ सय ६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

नागरिक लगानी काेषको न्युनतम मूल्य  प्रतिकित्ता २ हजार ७ सय ४० तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ५ सय २० तोकिएको छ । त्यसैले सो भन्दा बढी मूल्य राखेर  बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले आज (पाैष ५ गते, आइतबार) बाट पुस १० गते शुक्रबारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको