Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन कारोबारमै हिमालयनको सर्किट ब्रेक, आजको लागि कारोबार रोकियो

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ११ : १७ मा प्रकाशित

प्रि ओपन कारोबारमै हिमालयनको सर्किट ब्रेक, आजको लागि कारोबार रोकियो

अर्थ संसार,काठमांडौ– नेप्सेको प्रि ओपन कारोबारमै हिमालयन डिस्टिलरी कम्पनीको कारोबारले सकारात्मक सर्किट ब्रेक लेभल पार गरेको छ ।                                                                       
कुनै पनि कम्पनीको कारोबारमा एकै दिनमा १० प्रतिशतले बृद्धि भएमा नेप्सले त्यस्तो कम्पनीको कारोबारमा सकारात्मक सर्किट ब्रेक लगाउदै त्यस दिनका लागि कारोबार रोक्का गर्ने प्राबधान छ ।  
शुक्रबार ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको हिमालयनको कारोबार मूल्यमा १० प्रतिशतले बृद्धि भए पछि  आज ४ हजार ८ सय ४० रुपैया पुग्दै आजलाई कारोबार रोकियको हो ।                   
५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नै नगद लाभांस प्रस्ताब गरे पछि यस कम्पनीको शेयर अहिले दोस्रो बजारमा हटकेक नै बनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको