Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १२ : १६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंककाे आज (पाैष ५ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ५.५०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको