Like us!
Follow us!
Connect us!
Watch us!

९६.८८ अंकले घटेको सेयर बजारमा ९ अर्बमाथिको कारोबार

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १५ : १५ मा प्रकाशित

९६.८८ अंकले घटेको सेयर बजारमा ९ अर्बमाथिको कारोबार

अर्थ संसार, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ  । सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९६.८८ अंकले घटेर  १९३५.६३ अंकमा पुगेको छ  । नेप्से ४.७७ प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १६.३९ अंकले घटेर ३६९.५५ अंकमा पुगेको छ ।

कुल १ सय ९८ वटा कम्पनीको १ करोड ४४ लाख  ३९  हजार ५ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५२ लाख ५८ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १२ वटा उपसमूहको  सेयर घटेको छ । आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले १ अर्ब ६ करोड ८४ लाख ६३ हजार ९ सय २७  रुपैयाँ बराबरको कारोबार गरेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको