अर्थ संसार, काठमांडौ– सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व गृह सचिव प्रेम कुमार राईलाइ नियुक्त गरेको छ ।
संवैधानिक परिषद्का अध्यक्ष र बहालवाला बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरि सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले अनुमोदन गरेपछि मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुत्तमा राई र आयुत्तमा जय बहादुर चन्दलाई नियुक्त गरेको हो ।
त्यसै दिन बसेको नेकपाको सचिवालय बैठकमा भने प्रधानमन्त्री ओलीले संवैधानिकपरिषद्को बैठकबाट कुनै पनि र्निणय नभएको जानकारी गराएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस