Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, ११ : ४७ मा प्रकाशित

समृद्धि फाइनान्सले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - सम्वृद्धि फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ  । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १९औं वार्षिक साधारणसभा पौष २७ गते, सोमबार होटल सामना, हेटौंडा-४ मेनरोड, मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, हाल कायम चुक्ता पूँजीको २ बराबर एक (२:१) अनुपातले रु १०० अंकितका दरले २७ लाख २९ हजार ७०५ हकप्रद सेयर जारी गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष २२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको