Like us!
Follow us!
Connect us!
Watch us!

किन आइरहेको छ आज नेप्सेमा उतारचढाव ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १४ : ३६ मा प्रकाशित

किन आइरहेको छ आज नेप्सेमा उतारचढाव ?

अर्थ संसार, काठमाडौं– आज नेप्सेको दोस्रो बजारको कारोबारमा उतारचढाव नै आइरहेको छ ।                                                  

देशमा आएको राजनितीक उथलपुथलसँगै हिजो ९६ अंकले घटेर नेप्स १ हजार ९ सय ३५ मा पुगेको थियो । आजको कारोकारको प्रि-सेसनको अन्तिमसम्ममा पनि नेप्से घटेर १ हजार ९ सय १९ पुगेको थियो ।

कारोबार नियमित रुपमा सुरु भएपछि पनि नेप्सेको ओरालो यात्रा रोकिएन कारोबार सूरु भएको आधा घण्टामा नै घटेर १ हजार ८ सय ३५ सम्म नै पुगेको थियो । करिब ११ बजेर ४५ मिनेटबाट पुन उकालो लागेको नेप्से आधा घण्टा बित्न नपाउदैे बढेर १९६४ मा पुग्यो ।                                

नेप्सेको उकालो यात्रा केहि समय सम्म पनि टिक्न भने सकेन त्यसको केहि समयमा नै  नेप्सेको यात्रा ओरालो चल्योे र  घटेर पुनः १९०० मा पुग्यो ।                                                                
त्यसको केहि समयपछि पुनः उकालो लागेको बजार अहिलेसम्म पनि उकालै यात्रामा निरन्तर अगाडि बढि रहेको छ ।                                                                                                      
शेयर जानकारका अनुसार आज मूल्य बढ्ने बित्तिकै लगानीकर्ताहरु बेच्नको लागि लर्कौ लाग्ने र मूल्य घट्ना साथ खरिदकर्ताहरको लर्को लागेका कारण आजको बजारमा बढि उतारचढाव आएको हो । 

5fe063ff75180.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको