Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १५ : १५ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

अर्थ संसार, काठमाडौं - साताको दोस्रो दिन आज  (सोमबार) सेयर बजारले उकालो लागेको  छ  । सेयर बजारमा आज दोहोरो अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३०.३३ अंकले बढेर १९६५.९६ अंकमा पुगेको छ  । नेप्से १.५७ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ७.०१ अंकले बढेर ३७६.५६  अंकमा पुगेको छ ।

कुल २ सय २  वटा कम्पनीको १ करोड २३ लाख ८२  हजार ४ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ९ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकि ३ वटा  उपसमूहको सेयर घटेको छ । 

आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ७२ करोड ८८ लाख ६९ हजार ९ सय १०  रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको