Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको सेवा झुर,  सेवाग्राहीले बैंकका कर्मचारी भित्रै थुनेर गरे तालाबन्दी

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १८ : १५ मा प्रकाशित

एनआइसी एशिया बैंकको सेवा झुर,  सेवाग्राहीले बैंकका कर्मचारी भित्रै थुनेर गरे तालाबन्दी

अर्थ संसार, धनगढी–  नीजि क्षेत्रको सवै भन्दा  सवल र सक्षम बैंक भन्दै आएको एनआइसी एशिया बैंक लिमिटेडका सेवाग्राहीले बैंकका कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी गरेका छन् ।

कैलालीको धनगढीमा एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारी भित्रै थुनेर सेवाग्राहीले तालाबन्दी गरेका हुन्  । लाईनमा बसेको पैशा जम्मा नगरी भित्रीबाटोबाट चनिजानको आधारमा सेवा दिएको भन्दै मालपोतमा गएका सेवाग्राहीले तालाबबन्दी गर्नु परेको उनीहरुले बताएका छन् । 

एनआईसी एसिया बैकको मातपोत बिस्तारित शाखामा कर्मचारीको मनोमानी ढंगबाट सेवा दिने गरेकोले आक्रोशित सेवाग्राहीले कर्मचारीलाई भित्रै राखेर बाहिरबाट तालाबन्दी गरेको धनगढी–५ तारानगरबाट आएका सेवाग्राही गोविन्द भट्टले जानकारी दिए । सो शाखामा मालपोत कार्यालयको राजस्व जम्मा गर्ने भएकोले सेवाग्राहीको चाप थेगिनसक्नु भएको बैक प्रशाुनले जनाएको छ । राजस्व नलिए सम्म बैकको ताला नखोल्ने आन्दोलनरत सेवाग्राहीको अडान रहेको छ ।

यता एनआईसी बैंक अस्पताल लाईन धनगढी शाखाका प्रमुख शिवराज पाठकले सेवाग्रहीले कर्मचारीहरुलाई सटर तानेर भित्र थुनिएको स्वीकारेका छन् । बैंकमा कर्मचारी अभाव भएकाका कारण सेवाग्रहीलाई छिटोछरितो सेवा दिन केही समस्या भएको समेत उनले बताएका छन् ।  आफ्ना कर्मचारीलाई सेवाग्रहीहरुले कार्यलय भित्रै थुुनेपछि कर्मचारी वाहिर निकाल्न प्रसाशनलाई जानकारी गराईसकेको पाठकले बताए । बैकको मालपोत बिस्तारित शाखामा थप कर्मचारीको ब्यबस्था गर्न आफुले हेड अफिसमा जानकारी गराई सकेको समेत उनले बताए । सुदूर पत्रको सहयोगमा  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको