Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली छायो, लगानीकर्ताहरु मख्खै

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १५ : ११ मा प्रकाशित

सेयर बजारमा हरियाली छायो, लगानीकर्ताहरु मख्खै

अर्थ संसार, काठमाडौं - साताको तेस्रो दिन आज  (मंगलबार) पनि सेयर बजारले उकालो लागेको  छ  । सेयर बजार भारी अंकले बढेको छ भने १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ  ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९५.४६ अंकले बढेर २०६१.४१ अंकमा पुगेको छ  । नेप्से ४.८६ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १५.१८ अंकले बढेर ३९१.७४  अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड २७ लाख १७  हजार १ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १२ वटै उपसमूहको सेयर बढेको छ । 

आज पनि कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ८६ करोड ३६ लाख ८२ हजार ७  सय ७५  रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको