Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, ११ : ४९ मा प्रकाशित

सेन्चुरी बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?


अर्थ संसार,काठमांडौ– सेन्चुरी कमर्सियल बैंकले आफ्नो दुइ बर्षको साधारण सभा आह्वान गरेको छ । 
बैंकले आफ्नो ९ औँ र १० औँ साधारण सभा पुष २९ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने जनाएको छ । 
साधारण सभामा बैकले गत आर्थिक बर्षमा वितरण हुन बाँकी १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस समेत गरी हालको चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब लैजाने छ ।                                                   
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुष १६ गते बुकक्लोज गर्ने भएकाले पुष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको