Like us!
Follow us!
Connect us!
Watch us!

सवैले पाउने नेपाल इन्फ्रास्ट्रक्चरको आइपिओ पर्खाइमा,जारी मितिबारे के भन्छ बिक्री प्रबन्धक ?

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १३ : ५२ मा प्रकाशित

सवैले पाउने नेपाल इन्फ्रास्ट्रक्चरको आइपिओ पर्खाइमा,जारी मितिबारे के भन्छ बिक्री प्रबन्धक ?

अर्थ संसार,काठमांडौ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जारी गर्ने भनिएको  ठूलो परिणामको आइपिओ कहिले हुन्छ भन्ने प्रश्न आम लगानीकर्ताहरुको मनमा उब्जिएको छ । लगानीकर्ताको यो प्रश्नलाई arthasansar.com ले बैंको आइपिओ जारी गर्ने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटललाई गरेकोे छ ।

प्रश्नमाथिको जबाफमा बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलकी सुचना अधिकारी स्वेता बिष्टको जबाफ यस्तो छ “ यो ठूलो कित्ताको परिमाणको आइपिओ भएकोले यसको तयारीमा हामिलाई केहि समय लागेको हो । अहिले करिब करिब तयारी अन्तिम चरणमा पुगेकोले ढिलामा पुषको अन्तिमसम्ममा हामिले आइपिओ जारी गर्ने तयारीका साथ अगाडि बढी रहेका छौं  ।''   

यस अघि नै मंसिर ३ मा सम्पन्न बैंकको साधारण सभाले आइपिओ निष्काशनको प्रस्ताब पारित गरिसकेको छ भने बैंकले आफ्नो बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटलाई नियुत्त गरिसकेको थियो । 

बैंकको जारी पुँजीअन्तर्गत साधारण समुहका लागि छुट्याइएको ४० प्रतिशत (०.२ प्रतिशत कर्मचारीहरुका लागि समेत ) जम्मा ८ करोड कित्ता सेयर सर्बसाधारणका लागि छुट्याइएको छ । जस मध्यमा १ लाख ६० हजार कित्ता सेयर बैकंका कर्मचारीहरु मात्र प्राप्त गर्नेछन् । 

अहिले सम्मकै सार्बाधिक आबेदन १० लाख ४२ हजार ४३ जनाको प्रभु इन्स्योरेन्सको आइपिओमा परेको थियो । यसरी हेर्दा इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ जारी हुँदा सम्म आवेदकको संख्या बढेर करिब १३ लाखको हारहारिमा पुगेता पनि यो बैंकको ६० कित्ता भन्दा बढि सेयर हरेक आवेदकको भागमा पर्ने देखिन्छ ।  

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको