Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको दोहोरो चरित्र !

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १५ : १२ मा प्रकाशित

सेयर बजारको दोहोरो चरित्र !

अर्थ संसार, काठमाडौं– बुधबार सेयर बजारले  दोहोरो चरित्र देखाएको छ । कुनै बेला सार्बाधिक बिन्दुमा पुगेको बजार अन्तिमममा आएर केहि अंकले मात्र बढेर बन्द भएको छ । 

आज (बुधलबार)  सेयर बजार ७ अंकले बढेको छ ।  कारोबार भएको १२ वटा उपसमूहहरु मध्ये ३ वटा उपसमूहरुमा हरियाली छाएको छ भने बाँकी ९ उपसमूहरु राताम्मै भएका छन् ।  

कारोबारको प्रारम्भ मै ६५ अंकले बढेको नेप्से परिसुचक काराबारको समय बढ्दै जादा ओरालो लागेको हो ।

नियमित कारोबार सुरुभएको १० मिनेटमै नेप्से बढेर अहिलेसम्मकै सार्वाधिक उच्च बिन्दुमा पुगेको थियो । बिहान ११ बजेर १० मिनेटमा नेप्से परिसुचक २१२७.२३ को बिन्दुमा पुग्दा नयाँ रेकर्ड बनेको हो ।   

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७.०४ अंकले बढेर २०६८.४५ अंकमा पुगेको छ  । नेप्से ०.३४ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने १.२४ अंकले घटेर ३९०.५१  अंकमा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड १५ लाख ५८  हजार ९ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २ सय १५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

  स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ३ वटा उपसमूहको मात्र सेयर बढेको छ । आज पनि कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४  सय ९३  रुपैयाँ बराबरको कारोबार गरेको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :-

5fe310157da9f.PNG 5fe310158650f.PNG 5fe310164ce6f.PNG 5fe310166491c.PNG 5fe31016b3ae4.PNG 5fe31016bc5ec.PNG 5fe3101723aa7.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको