Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कुन-कुन कम्पनीका लगानीकर्ताहरु भए मालामाल ?

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १५ : ५६ मा प्रकाशित

बुधबार कुन-कुन कम्पनीका लगानीकर्ताहरु भए मालामाल ?

अर्थ संसार, काठमाडौं–  बुधलबार को कारोबारमा नेप्से केहि अंकले मात्र उकालो लागेको छ  । सेयर बजार ७ अंकले बढेको छ । १२ वटा उपसमूहहरु मध्यमा ३ वटा उपसमूहहरुको सुचक मात्र बढ्दा ९ वटा उपसमुहको भने घटेको छ ।                                                                                               
कारोबारको प्रारम्भमै ६५ अंकले बढेको नेप्से परिसुचक काराबारको समय बढ्दै जादा ओरालो लागेको हो । कुनै समय २१२७.२३ को बिन्दुमा पुगेको बजार कारोबारको अन्तिम सम्म आइपुग्दा २०६८.४५ को बिन्दुमा खुम्चिएको हो ।                                                       

बुधबारको कारोबारमा सबैभन्दा बढि नाफा नबिल बैंकका लगानीकर्ताहरुले कमाए । बैंकको सेयर मुल्यमा ९.९७ प्रतिशतले बृद्धि भएर १४८९ रुपैयाँ पुगेको छ । 

आज सबैभन्दा बढि मुल्य बृद्धिहुने कम्पनीहरुमा नबिल बैंक, सम्बृद्धि फाइनान्स, नेशनल लाईफ इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, मेगा बैंक, एनसीसी बैंक, पञ्चकन्या हाइड्रो, नेपाल लाईफ इन्स्योरेन्स, लक्ष्मि उन्नती कोष र एसियन लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् । 

5fe3185909baa.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको