Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १५ : १७ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ अंकमा पुगेको छ  । नेप्से १.४४ प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७४ अंकले घटेर ३८६.७६  अंकमा पुगेको छ ।

कुल २ सय ४ वटा कम्पनीको ९८ लाख ६०  हजार ५ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३ सय २२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा २ वटा उपसमूहको मात्र सेयर बढेको हो भने बाँकि १० वटा उपसमूहहरुको सेयर घटेको छ  । 
आज पनि कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६१ करोड ४९ लाख ६५ हजार ९ सय ४१ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको