Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो मोटरसाईकलको आवाज जाँच्नु भयो ? नत्र कारवाही भोग्नुपर्ला !

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १५ : ५८ मा प्रकाशित

आफ्नो मोटरसाईकलको आवाज जाँच्नु भयो  ? नत्र कारवाही भोग्नुपर्ला !

अर्थ संसार, काठमांडौ– बिगत एक महिना देखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकलको आवाज र स्वरुप परिबर्तन गरेर चलाउने उपर बिशेष अप्रेसन चलायको छ । 

महाशाखाका अनुसार यो एक महिनाको अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकललाई कारवाहि गरिएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले त्यस्ता मोटरसाईकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनी प्रदुषण हुने भएकाले कारवाही गरियको जानकारी दिनुभयो । 

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर, कम्पनी बाट नै ठुलो आवाज आउने बनाइएका मोटरसाईकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाई गरिने महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाईकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठुलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने,लापरवाही ढंगले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुन विपरित भएकोले कारबाहि गरेको हो । यस्तो  किसिमले कोहि कसैले मोटरसाईकल चलायको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी आम नागरीकहरुमा विशेष अनुरोध गरेको छ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको