Like us!
Follow us!
Connect us!
Watch us!

ली चान्सुकाे भ्रमणले काठमाडाैंकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फाेटाे फिचर)

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १३ : ५८ मा प्रकाशित

ली चान्सुकाे भ्रमणले काठमाडाैंकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फाेटाे फिचर)

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडाैंकाे ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेकाे छ ।  उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरू गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । 

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए । 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको