Like us!
Follow us!
Connect us!
Watch us!

किन भइरहेछ सेयर बजारमा उतारचढाव ?

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १६ : ५६ मा प्रकाशित

किन भइरहेछ सेयर बजारमा उतारचढाव ?

अर्थ संसार काठमांडौ– पछिल्लो समय नेप्सेमा एकपछि अर्को रेकर्ड बनिरहेका छन् । बजार उच्च बिन्दुम पुग्छ, केही घण्टा टिक्न नपाउदै पुनः ओरालो लाग्छ ।

नेप्सेको इतिहासमै बुधबार नेप्सेले सार्बाधिक उच्च बिन्दु छोयो । तर त्यो उच्च बिन्दुमा केही मिनेट पनि टिक्न भने सकेन । बुधबार कारोबार प्रारम्भ भएको केही मिनेटमै ६५ अंकले बढ्दै सार्बाधिक उच्च बिन्दु २१२८ मा पुगेको नेप्सेको सुचक उच्च बिन्दुमा केहि मिनेट पनि अडिन नपाउदै ओरालो लागेको थियो ।

यअघि पनि मंसिर ३० गते बजार सार्बाधिक उच्च २१०१ को बिन्दुमा पुगेको थियो । त्यस दिन पनि नेप्से केही समय पछि उच्चतम् बिन्दुमा अडिन .सकेन । उक्त दिन सार्बाधिक उच्च अंकमा पुगेको नेप्से केही समयमै ओरालो लाग्दै कारोबारको अन्तसम्म आइपुग्दा २०६१ अंकमा झरेको थियो ।

बजारमा किन यस्तो हुन्छ त ? हाम्रो जिज्ञासामा सेयर बिष्लेषक बिष्णु बस्याल भन्छन्, “बजार बढेर जब माथिल्लो बिन्दुमा पुग्छ, अनि लगानीकर्ताहरु आफ्नो नाफा बुक गर्न हतारिन्छन् । त्यसपछि विक्री चाप बढ्छ । जब बजारमा खरिदकर्तभन्दा बिक्रेता बढी हुन्छन्, त्यसपछि सेयरकाे मूल्य घट्छ । यसले नेप्से परिसूचकलाइ गिराउँछ । बजारले नयाँ उचाई लिदै गर्दा लागनीकर्ताहरुले सेयर होल्ड गर्ने धैर्यता गुमाउँछन् ।

सेयर कारोबारमा कुनै दिन बजार भारी अंकले बढ्दा लगत्तै दोस्रो दिन बजार घट्ने गरेकाे छ । बढेता पनि न्यून अंकले बढ्ने ट्रेन्ड अहिले बजारमा देखिएको छ । लगानीकर्ताहरुमा धर्यताको अभाव र नाफा बुक गर्नाको हतारोका कारण बजार उच्च बिन्दुमा स्थायी हुन नसकेको जानकारहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको