Like us!
Follow us!
Connect us!
Watch us!

किन विवादमा आइरहन्छ एनआइसी एसिया बैंक ?

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १० : ५४ मा प्रकाशित

किन विवादमा आइरहन्छ एनआइसी एसिया बैंक ?

अर्थ संसार,काठमांडौ– विभिन्न समयमा एनआइसी एसिया बैंक विवादमा आइरहन्छ । धनगढीको मालपोत बिस्तारित शाखाका कर्मचारीहरुलाई सेवा झुर भएको भन्दै सोमबार पनिसेवाग्राहीहरुले कार्यलयभित्रै थुनिदिए ।

यो घटना नै बैंकको सेवाप्रति सेवाग्राही असन्तुष्ट बनेको पहिलो घटना भने होइन । बेला बेलामा सामाजिक सञ्जालहरुमा बैंकको सेवा प्रति सेवाग्राहीहरुले आक्रोस पोखिरहेको देख्न सकिन्छ ।         
केहि पहिले पनि बैंकले ६ प्रतिशत निक्षेप दिने गरि सुपर चामत्कारिक बचत योजना सञ्चालन गरेको तर त्यसको ६ महिनामै ब्याजदर ६ प्रतिशतबाट घटाएर २.५ प्रतिशतमा झारिएको भन्दै बैंकको सामाजिक सञ्जालमा चर्को बिरोध भएको थियो ।    

एनआइसी एशिया बैंकको सेवाप्रति सेवाग्राहीको आक्रोस, विरोध गर्नेको लर्काे !                                        

ऋण लगानी गर्दा एउटा व्याजदरमा गर्ने तर त्यसको केहि समयपछि व्याजदर एकतर्फी बढाएको भन्दै बेलाबेलामा ऋणी तथा व्यवसायीहरुको गुनासो यही बैंककै हुने गरेको छ।  बैंकको सेवा प्रति सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी धेरै भेटिन्छ।                           

गत साउन २७ गते बैंकको मोरङ पथरी शनिश्चरे शाखाका कर्मचारी समेतको मिलोमतोमा कम्पनीको नामको चेक अर्कै व्यक्तिका नाममा भुक्तानी गरेको समाचार बाहिरिएको थियो ।
गत साउनमै नेपाल इन्जिनियरिङ कलेजको खातामा रहेको पैसा बिना कारण रोक्का गरेको भन्दै कलेजका सञ्चालक समिति सदस्य र कर्मचारीहरुले बैंकको भक्तपुर चाँगुनारायणमा रहेको शाखामा धर्ना नै बसे ।                                                                          

यसरी विभिन्न समयमा किन बैंक विबादमा आइरहन्छ ? यसबारे बुझ्न एनआइसी एसिया बैंकका सूचना अधिकारी अर्जुन खानियालाई मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन । कार्यालयको टेलिफोनमा फोन गर्दा कुनै सम्पर्क हुन सकेन ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको