Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको सेवाप्रति सेवाग्राहीको आक्रोस, विरोध गर्नेको लर्काे !

अर्थसंसार

मंगलबार, ०७ पुस २०७७, १९ : ०४ मा प्रकाशित

एनआइसी एशिया बैंकको सेवाप्रति सेवाग्राहीको आक्रोस, विरोध गर्नेको लर्काे !

अर्थ संसार, काठमाडौं एनआइसी एशिया बैंकका सेवाग्रहीले बैंकको सेवाप्रति खुलेर विरोध गर्न थालेका छन् । पहिलेदेखि नै बैंकको सेवाप्रति असन्तुष्टि पोख्दै आएका एनआइसी एशिया बैंकका सेवाग्राहीहरु हिजोआज मैदानमा उत्रिन थालेको देखिन्छ ।

जुन, केहिदिन अघि कैलालीको धनगढीमा एनआईसी एसिया बैंकको मातपोत शाखा भएको घटनाले देखाएको छ । लाईनमा बसेका सेवाग्राहीको पैसा जम्मा नगरी भित्रीबाटोबाट चिनजानको आधारमा सेवा दिएको भन्दै मालपोतमा गएका सेवाग्राहीले बैंकका कर्मचारी भित्रै राखेर बाहीबाट तालाबबन्दी  गरेका थिए । 

यो त एउटा नमूना मात्रै हो । सेवाग्राहीसँग प्रत्यक्ष संलग्न  हुने टेलर काउन्टरमा सिकारु कर्मचारी, छिटो छिटो कर्मचारी परिवर्तन, सेवाग्राहीलाई कर्मचारीले गर्ने व्यवहार, थोरै काउन्टर आदिले सेवाग्राही हैरानी छन् ।  एनआइसी एशियामा चिनजानको व्यक्तिको काम छिटो हुने र सोझा सिधा सेवाग्राहीलाई त घण्टौ बस्नु पर्ने वाध्यता छ । 

अर्थ संसार डट कमले एनसाइसी एशियाका सेवाग्रहीले सेवा नपाएपछि बैंकका कर्मचारीलाई बैंकभित्रै राखेर तालाबन्दी गरे भन्ने समाचार प्रकाशन गरेपछि बैंकका सेवा ग्राहीको यस्तो प्रतिक्रिया आएको छ । योबाट आम नागरिक र बैंकको व्यवस्थापनको ध्यान जाओस भन्ने भन्ने हाम्रो मूले उदेश्य रहेको छ । 

के छ त सेवाग्राहीको भनाई ? समाचार प्रति यस्तो प्रतिकृया 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको