अर्थ संसार, काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
प्रभु बैंक लिमिटेडकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३४१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
यसैगरी, एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६८१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७१५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, नेपाल बंगलादेश बैंक लिमिटेडकाे ६ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २६५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस