Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो २ कम्पनीको सेयर लिलामीमा

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, ११ : ४१ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो २ कम्पनीको सेयर लिलामीमा

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे संस्थापक समूहकाे शेयर आज (पाैष १० गते, शुक्रबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।  

बैंकले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९२ हजार ९ सय ९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ३९ हजार ४ सय ७० कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  सेयरको प्रतिकित्ता मूल्य ३७५ रुपैयाँ तोकिएको छ भने एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४६४ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आज (पाैष १० गते, शुक्रबार) बाट पाैष १६ गते बिहीबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना  हेर्नुहोस् :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको