Like us!
Follow us!
Connect us!
Watch us!

३९.९८ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १५ : १४ मा प्रकाशित

३९.९८ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?

अर्थ संसार, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार ) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा पुगेको छ  । नेप्सेमा १.९६  प्रतिशले गिरावट आएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३३ अंकले घटेर ३८१,४३ अंकमा पुगेको छ ।

कुल २ सय ४ वटा कम्पनीको ८० लाख ५३  हजार १ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड १६ लाख ३६ हजार ४ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमा १२ वटै उपसमूहहरुको सेयर घटेको छ  । 

आज पनि कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६७ करोड १० लाख ८०  हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको