अर्थ संसार, काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा माघ ४ गते आइतबार, होटल र्याडिसनको सभा कक्ष, भेरी ४, जाजरकोटमा बिहान ९ बजेबाट सुरू हुनेछ ।
सभामा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत हुने प्रतिवेदन छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेकाे छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस