Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जा बढ्दा एनआईसी एशिया लघुवित्तको नाफामा पहिरो, २७ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, ०७ : १० मा प्रकाशित

खराब कर्जा बढ्दा एनआईसी एशिया लघुवित्तको नाफामा पहिरो, २७ रुपैयाँले घट्यो ईपीएस

एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१.८४ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ३९ करोड १३ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६१.८८ प्रतिशतले घटेर २१ करोड ३० लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५५ करोड ८९ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३४.८५ प्रतिशतले घटेर ५४ करोड ७६ लाख २४ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा ५६ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७ रुपैयाँ २१ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा २.४१ प्रतितशले ले बढेर ३.३८ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको