Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, ०६ : १४ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाको ५० हजार कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय २५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले जेठ २५ गते, बुधबारसम्म न्युनतम २५ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको