Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तकाे वित्तीय अपडेट : ३०.३९ प्रतिशतले घट्यो नाफा, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १८ : ०१ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तकाे वित्तीय अपडेट : ३०.३९ प्रतिशतले घट्यो नाफा, कस्ता छन् अन्य सूचक ?

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा समेत अधिकांश वित्तीय परिसूचकहरुमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ ।

कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रैमाससम्ममा कुल लघुकर्जा रु. १८ अर्ब ४५ करोड ६६ लाख पुर्याएको छ । प्रति सेयर आम्दानी (EPS) रु.१७.२५ सहित यस आर्थिक वर्षमा रु.३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पूँजीमा प्रतिफल (ROE) वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पुर्याउन सफल भएको छ । वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रुपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्कृय कर्जालाई ४.६४% मा सिमित राख्न सफल भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको