अर्थ संसार, काठमांडौ– नेपाल स्टक एक्सचेन्जले मुक्तिनाथ विकास बैंकको लाभांश वितरण पछि सेयर मूल्यमा समायोजन गरेको छ ।
प्रतिकित्ता ३७९ रुपैयाँमा पछिल्लो कारोबार भएको बैंकको समायोजन पछि को मूल्य ३४१ रुपैया कायम गरिएको छ । अघिल्लो आर्थिक बर्षको आम्दानी बाट बैंकले लागानीकर्ताहरुलाई ११.२५ प्रतिशत बोनस सेयर र ४.२७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरियको हो ।
पुस २५ गतेका लागि डाकिएको साधार सभा बाट लाभांश पारित भएपछि लगानीकर्ताहरु लाइ वितरण गरिने छ ।
बोनस तथा साधारण सभा प्रायोजका निमित्त बैंकले आज १३ गते देखि पुस २५ गते सम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । अर्थात हिजो पुष १२ गते सम्म कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन र बोनस प्राप्त गर्न सक्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस