Like us!
Follow us!
Connect us!
Watch us!

दुबईको अल्फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा २ लाख उपहार

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १२ : ०७ मा प्रकाशित

दुबईको अल्फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा २ लाख उपहार

 अर्थ संसार, काठमाडौं - सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अलफर्दान एक्सचेन्जको संयुक्त सहकार्यमाआयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले रु २ लाखजित्न सफल भएका छन् । 

सो योजनाअन्तर्गत दुबईको अलफर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप रु २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस अन्तर्गतसिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी , ४ जनाले माईक्रोवेभ ओभन , ४ जनाले ब्लेन्डर , ५ जनाले राईस् कूकर लगायत ६ जनाले ईलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार  भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको