Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १३ : १० मा प्रकाशित

साना किसान लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १९औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, संस्थाकाे रजिष्टर्ड कार्यालय, सुबिधानगर, तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ  । 

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई  २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १६ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेनुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको