Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको साधारण सभा पुस २३ मा, १३.३०% बोनस सेयर प्रस्ताव

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, ११ : ०९ मा प्रकाशित

साना किसान लघुवित्तको साधारण सभा पुस २३ मा, १३.३०% बोनस सेयर प्रस्ताव

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूका लागि आगामी साधारण सभाको मिति सार्वजनिक गरेको छ। कम्पनीको २३औं वार्षिक साधारण सभा पुस २३ गते, मंगलबार बिहान १० बजे भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा आयोजना हुने तय भएको छ।

सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि थप ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षकको नियुक्ति र स्वतन्त्र सञ्चालक पदमा चयनसम्बन्धी प्रस्तावहरू पनि छलफलका लागि पेश गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको