Like us!
Follow us!
Connect us!
Watch us!

वितरणयोग्य मुनाफामा साना किसान लघुवित्तको छलाङ, ५३% लाभांश बाँड्ने क्षमता

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १३ : ५७ मा प्रकाशित

वितरणयोग्य मुनाफामा साना किसान लघुवित्तको छलाङ, ५३% लाभांश बाँड्ने क्षमता

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा अधिकांश सूचकहरू आकर्षक देखिएका हुन् ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा ८१ करोड ४१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा १६.७५ प्रतिशतले धेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि २३.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १ अर्ब ३३ करोड ९८ लाख ५९ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ८ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष संस्थाले ९९ कराेड ५२ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य नाफा

संस्थाकाे वितरणयोग्य नाफा १०९.७७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ९३ लाख १८ हजार रुपैयाँ पुगेको छ । 

लाभांश क्षमता

वितरणयोग्य नाफाकाे आधारमा संस्थाले ५२.२० प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा  ३ अर्ब ५१ करोड १८ लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) भने ३ रुपैयाँ ८९ पैसाले घटेर ४० रूपैयाँ ६९ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको