Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान र आरएमडीसी लघुवित्तकाे एकीकृत कारोबार सुरु, बन्याे सबैभन्दा ठूलो लघुवित्त

अर्थ संसार

आइतबार, २४ असार २०८०, १८ : ४८ मा प्रकाशित

साना किसान र आरएमडीसी लघुवित्तकाे एकीकृत कारोबार सुरु, बन्याे सबैभन्दा ठूलो लघुवित्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर आज (असार २४ गते, आइतबार) बाट एकीकृत काराेबार सुरू गरेका छन् । 

दुवै एक भएपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । साना किसान र आरएमडीसी १००:८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् ।

मर्जर हुने क्रममा साना किसान र आरएमडीसीको सेयर आदान प्रदान अनुपात १००:८७ कायम भए पश्चात चुक्तापुँजी रु. ३ अर्ब ३३ करोड र कुलपुँजी रु. ८ अर्ब १२ करोड भई पुँजी र कारोबारको हिसाबले सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्था बन्न पुगेको छ । ७६ जिल्ला स्थित ५५२ स्थानीय तहका लघुवित्त संस्था, साना किसान सहकारी र अन्य सहकारी गरी १५७० साझेदार संस्थाहरुमा यस वित्तीय संस्थाको कर्जा रु. ४५ अर्ब पुगेको छ ।

कृषिको रुपान्तरण र उद्यमशीलताको विकासमार्फत रोजगारी सृजना गरी ग्रामीण अर्थतन्त्रको संरचनात्मक सुधार गर्नका लागि एक सवल पुँजीयुक्त उत्कृष्ट र दीगो विशिष्टीकृत वित्तीय संस्थाको रुपमा स्थापित हुने उद्देश्यका साथ यी दुवै संस्था गाभिएर आजदेखि “साना किसान विकास लघुवित्त वित्तीय संस्था लि." को नामबाट एकीकृत वित्तीय कारोबार आरम्भ भएको हाे ।
.
मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा डा. शिवराम प्रसाद कोइराला कायम रहेका छन् । यसैगरी सञ्चालक तर्फ संस्थापक समूहबाट साना किसानका खेम बहादुर पाठक र डा. बाबुकाजी थापा एवम् आरएमडीसीका जयेन्द्र विक्रम शाह र समता पन्त (भट्ट) रहेका छन् भने सर्वसाधारण समूहबाट उमेश लम्साल र भिम प्रसाद तिमल्सिना कायम रहेका छन् ।

संस्थाले आगामी दिनमा ग्रामीण अर्थतन्त्रको संरचनागत सुधारका लागि समावेशी वित्तीय पहुँच, कृषिको रुपान्तरण, वातावरण मैत्री कृषि एवम् कृषि / ग्रामीण अर्थतन्त्रको डिजिटलाईजेशनको माध्यमबाट कृषिमा आत्मानिर्भरता तथा रोजगारी सिर्जनाका दिशामा आफ्ना प्रयाशहरु केन्द्रित गर्दै जानेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको