काठमाडौ सेयर बजारमा इतिहासमै सबै भन्दा ठूलो संख्यामा सर्वसाधरण सेयर आइपिओ निश्कासन हुँदैछ ।
आइतबार धितो पत्र बोर्डबाट आइपिओ निष्कासनको अनुमती पाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमीटेडको ८ करोड कित्ता सेयरको आवेदन केहि दिनमा खुल्ने बिक्रि प्रबन्धक एनआइबी एस क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार यो ठूलो संख्याको आइपिओ भएकाले तयारीमा अरुबेला भन्दा बढि समय लाग्नु स्वभाविक हो । ढिलोमा यो महिनाको अन्तिम सम्ममा आबेदन खुल्ने संभावना बढि देखिन्छ ।
अहिलेको डिम्याट खाता संख्या र बढ्न सक्ने खातासंख्याको आँकलन गरी हेर्दा आइपिओको आबेदन दिने सबैलाइ बराबर सेयर बितरण गर्दा सबैको भागमा कम्तीमा ६० कित्ता सेयर पर्ने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस