Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लागानी कोषको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १० : १७ मा प्रकाशित

नागरिक लागानी कोषको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

हकप्रद सेयरका लागी नागरिक लगानी कोषको मूल्य समायोजन गरियको छ ।

नेपाल स्टक एक्सचेन्जले हकप्रद सेयरका लागी कोषको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि कोषको सेयरको मूल्य २ हजार ७८४ कायम गरियको छ । यसअघी कोषको सेयर मूल्य ५ हजार ८ सय कायम भएको थियो । अब समायोजित मूल्य अनुसारनै कोषको सेयर कारोबार हुनेछ ।

यहि पुष २८ गतेबाट कोषले १ः०.८२८४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै छ । आज एक दिनका लागि कोषको बुकक्लोज गरियको छ अर्थात हिजो सोमबार सम्म कायम सेयरधनीहरु मात्र यो हकप्रद सेयरका लागी योग्य हुनेछन् । 

कोषको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरुले यो हकप्रद खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बेंक तथा वित्तीय संस्थाहरुका साथै टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोड र नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट आवेदन दिन सक्नेछन्। 

आवेदन दिने अन्तिम मिति माघ १९ गते बैंकिङ समय सम्मका लागी तोकिएको । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको