Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तको २६.३२ प्रतिशत लाभांश पारित

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १४ : १८ मा प्रकाशित

समता लघुवित्तको २६.३२ प्रतिशत लाभांश पारित

समता लघुवित्त वित्तीय संस्था लिमिटेडको  सातौँ वार्षिक साधारणसभा सपन्न भएको छ  ।  कम्पनीको उक्त सभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको हो । 

सभाले घरेलु लघुवित्तसँगको मर्जरलाई अनुमोदन गरेको छ । मर्जर प्रक्रियालाई कायम गरिएको समता र घरेलुबीचको १००:८० सेयर स्वाप रेसियोलाई सभाले अनुमोदन गरेको छ। 

सभाले संस्थाकाे भाद्र ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको