समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।
संस्थाकाे पाैष ७ गते, सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेकाे २० प्रतिशत बाेनस सेयर बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् मंसिर २३ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ ।
त्यसैगरी, उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिनेछ । धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ ।
संस्थाकाे सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस