Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, १६ : ३९ मा प्रकाशित

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु एफपीओ निष्कासन गर्ने भएकाे छ । 

साविक समता लघुवित्त वित्तिय संस्था लिमिटेड र साविक घरेलु लघुवित्त वित्तिय संस्थाबीच सेयर आदान प्रदान दर (Swap Ratio) १००ः८० (समताःघरेलु) कायम हुने गरी गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुँजी २८ कराेड ५६ लाख २० हजार १ सय ६० रूपैयाँको २० प्रतिशत बाेनस पश्चात् कम्पनीको चुक्ता पुँजी ३४ कराेड २७ लाख ४४ हजार १ सय ९२ भएकोले सेयर संरचना ७०ः३० (संस्थापकः  सर्वसाधारण) कायम हुने गरि जारी हुन बाँकी सेयर फर्दर पब्लिक ईस्युद्धारा सर्वसाधारणमा जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको