समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
संस्थाकाे चैत्र २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले यस संस्थाकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।
जस अनुसार अब २०७९ साल वैशाख ३ गतेबाट २०८० साल वैशाख २ गतेसम्म संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस