Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको नाफामा समान्य गिरावट, इपीएस कति ?

अर्थ संसार

विहीबार, २० माघ २०७८, ०७ : १७ मा प्रकाशित

समता घरेलु लघुवित्तको नाफामा समान्य गिरावट, इपीएस कति ?

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.४४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ६४ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ८७.९९ प्रतिशतले बढेर ११ करोड ७१ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ४७३ प्रतिशतले बढेर एक करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३४ लाख ४३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61fb3163e227f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको