Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै

अर्थ संसार

सोमबार, २४ असार २०८१, ०८ : १४ मा प्रकाशित

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकीकृत कारोबार सुरु गर्दैछ ।

नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते यी दुई कम्पनीलाई आपसमा गाभिन स्वीकृती प्रदान गरेको थियो। 

मर्जरपछिको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा-७ मा रहनेछ । काभ्रेपलाञ्चोक बनेपा-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर-५ मा केन्द्रीय कार्यालय रहेको थियो।

असार २३ गतेदेखि डाटा माइग्रेसनका लागि  दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।

668b4f129949b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको