Like us!
Follow us!
Connect us!
Watch us!

५.५७ अंकले बढ्यो नेप्से, नबिल बैंकको सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १५ : १२ मा प्रकाशित

५.५७ अंकले बढ्यो नेप्से, नबिल बैंकको सर्वाधिक कारोबार

आज (मंगलबार ) सेयर बजार झिनो अंकले बढेको  छ  । 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५.५७ अंकले बढेर २०१२.८९ अंकमा पुगेको छ  । नेप्सेमा ०.२८  प्रतिशले गिरावट आएको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.१३ अंकले घटेर ३८२.४४ अंकमा पुगेको छ ।

कुल २ सय ९ वटा कम्पनीको ८० लाख १ हजार १ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड २२  लाख २७ हजार ८ सय २ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमुहको सेयर बढेको छ भने बाँकि ८ वटा  उपसमूहहरुको सेयर घटेको छ  । 

आज पनि कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५३ करोड १ लाख ७७  हजार ९ सय ९० रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको