Like us!
Follow us!
Connect us!
Watch us!

सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १६ : ०३ मा प्रकाशित

सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य

टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता सिप्रदी  ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्शियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशै भरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएकोनिर्देशन,परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धि एकिकृत कार्यविधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक तथा निजी प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ।

यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र:
-व्यवसायिक कृषितथापशुपक्षीकर्जा,
-शिक्षित युवा स्वरोजगार कर्जा,
-विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा,
-महिला उद्यमशील कर्जा, र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।  
उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभएको थियो। 

सरल र सहजकर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्गका देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनिउपलब्ध हुनेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको