Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र सिप्रदि ट्रेडिङ्गबीच सम्झाैता, ग्राहकलाई छुट

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १७ : ११ मा प्रकाशित

एनएमबि बैंक र सिप्रदि ट्रेडिङ्गबीच सम्झाैता, ग्राहकलाई छुट

एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसँग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ ।

जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवद्धन गर्न बैंकले यो समझदारी गरेकोे छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ । एनएमबिको यस कर्जा योजना व्यवसायसँगसँगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।  

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको