Like us!
Follow us!
Connect us!
Watch us!

सिप्रदी र एनएमबि बैंकबीच सहुलियतपूर्ण कर्जालाई सहकार्य

अर्थ संसार

सोमबार, १८ साउन २०७८, १७ : १० मा प्रकाशित

सिप्रदी र एनएमबि बैंकबीच सहुलियतपूर्ण कर्जालाई सहकार्य

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी  ट्रेडिङ्ग र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए ।

अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ । 

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको