Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, १२ : ०२ मा प्रकाशित

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगार विभागले आज शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ। 

 श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने भएका हुन् । 

विभागका अनुसार अबको दुई महिनाभित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत दिन सकिने गरी काम भइरहेको छ।

विभागबाट एकपटक आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेकाहरुलाई पुरानै विवरणका आधारमा श्रम स्वीकृति दिइने भएकोले अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ। 

अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को  अनलाइन श्रम स्वीकृति (FEIMS)' मार्फत फारम भर्नुपर्ने छ । फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ ।

 त्यस्तै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ । यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको