Like us!
Follow us!
Connect us!
Watch us!

सोचे झैँ अम्ब्रेला स्ट्रिट रहिनछ

अर्थ संसार

शनिबार, १८ पुस २०७७, १९ : १५ मा प्रकाशित

टिकटक बनाउने अनि काठमाडौँको ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको  तबाहालस्थित संकटा मन्दिर वरपरको नपुग्ने कमै होलान।  हाम्रो टोलि पनि यस स्थानमा सामाजिक संजाल र समाचारमा सुनेरै त्यहाँको अवस्था बुझ्न हिडेम। 

सुनेझै र सामाजिक संजालमा देखेझै सडकमाथि रंगीचंगी छाताहरु थिए। परबाट देखिदा नै आहा भन्न मन लागि हाल्यो। झन् नजिक पुगेछी कति राम्रो देखिन्छ होला त्यो सोच्दै हालिएको सडक तिर लाग्न थाल्यौ। 

तर सोचेझैँ हुदैँन रहेछ, जति जति नजिक पुग्न थालेम त्यति त्यति डर पनि लाग्न थाल्यो। जति जति अगाडी पाइला लम्कदै थिए, संगै लम्किने सयौ खुट्टा वरिपरी, बाटोमा फोटो खिचिरहेका र टिकटक बनाउदै गरेकालाई  पन्छाउदै अगाडी बढ्न खोज्दा जुलुसमा छु कि जस्तो लाग्यो।  

विश्वभर फैलिएको महामारी कोभिड नसम्झिने त कुरै भएन, मास्क त लगाइएको थियो तर कसैबाट सर्ने पो होकी भने डर भयले फर्किनु पर्यो सोचे।संगै हिडेको साथीलाई भो फर्किम भने तर त्यो बेला सम्म पछाडी फर्किनु भन्दा अगाडी नै बढ्नु उचित लाग्यो किनकि पछाडी फर्किन पनि उस्तै भिड। 

साथीले पनि भन्यो यहाँ सम्म आएपछि रेपोर्टिङ्ग त गर्नै पर्छ। तर आफुलाई भने डर मनमा राखेर समाचार बनाइयो। १० जना व्यापारी संग कुरा गर्दा खाने कुरा बेच्ने बाहेक अरु ब्यापारी खुसी देखिएनन् भिड देखेर। 

त्यसछि हामी संकटा कल्पका आशिषमान सँग गएर भेट्यौ।  उनले दु:ख साथ अम्ब्रेला स्ट्रिट बन्द गर्न लागेको सुनाए। उनले यति धेरै भीड जम्मा हुने सोचेका थिएनन्। आफूले सोचेको कल्पना पूरा भयो तर व्यापारीहरुको दुःख सुनेका कारण पनि अब आइतबारबाट बन्द गर्ने सुनाए। 

 संकटा क्लबका सचिव आशिषमान सँग  कुरा गरेपछि हामी त्यहिँ  हुलको बिचबाट फर्केउ।  सोचे झैँ अम्ब्रेला स्ट्रिट रहिनछ।   

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको